राम्रा काम गर्दै थियाैँ, काेराेना खाेप आइरहेकाे थियाे, षड्यन्त्र गरेर सरकारबाट हटाए : अध्यक्ष ओली

  • 136
    Shares

सङ्खुवासभा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्रपूर्वक एमालेको सरकार हटाएर परमादेशको सरकार बनाएको बताउनुभएको छ ।

 

 

आज सोमवार नेकपा एमाले सङ्खुवासभाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लोकप्रियता देखेर षड्यन्त्र गरेर हटाएको आरोप लगाउनुभयो ।

 

 

 

 

उहाँले एमालेको लोकप्रियता देखेर देशी–विदेशी प्रतिपक्षी शक्तिहरू लागेर एमालेको सरकारलाई हटाएको टिप्पणी गर्नुभयो ।

 

 

‘हामीले काम गर्न नसकेर हटाइएको होइन, राम्रा काम गरेकै कारणले हटाइएको हो’, ओलीले थप्नुभयो, ‘हामीले हाम्रो पालामा राम्रा कामहरू गर्दै थियौँ, कोभिड–१९ खोप र उपकरणहरू आउने क्रम भइरहेको थियो ।

 

 

 

दक्षिण एसियामा नै राम्रो काम गरेको भनेर प्रशंसा भइरहेको समयमा कम्युनिस्टका खोल ओढेका नक्कली कम्युनिस्टका कारण समस्या उत्पन्न भयो, तर अब हामी आउने चुनावमा त्यो पनि देखाइ दिन्छौँ ।’

 

 

 

उहाँले षड्यन्त्र गरेर जनादेशबाट नभइ परमादेशबाट एमाले सरकार हटाए पनि जनता नै सर्वशक्तिमान् भएकाले आउने चुनावमा त्यसको परिणाम देखिने समेत बताउनुभयो ।

‘आमजनसमुदायहरू सचेत रहनुहोस्, यो सरकार पालिका चुनाव नगराइ, जनप्रतिनिधीविहीन बनाइ कर्मचारीलाई सुम्पिने तयारीमा लागेको षड्यन्त्र भइरहेको देखिन्छ’,

 

 

 

ओली भन्नुभयो, ‘कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको देखिएकाले नहुने स्पष्टै छ, चरणबद्ध पालिकाको चुनाव हुँदा पनि पहिलो चरणको चुनावलाई समय मानेर त्यसभन्दा दुई महिनाअघि चुनाव हुनुपर्ने हो ।

 

 

फागुनमा पालिका चुनाव गरिसक्नुपर्ने छ तर फागुनमा चुनाव गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटामारमा लागेको छ । चुनावतिर होइन ।’

 

 

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सङ्खुवासभा पर्यटकीय हिसाबमा सौन्दर्यले भरिपूर्ण र विकासका सम्भावना अथाह रहेको बताउनुभयो ।

 

उहाँले जोगमुनीदेखि किमाथाङ्का नाका नेकपा एमालेको केपी सरकारको पालामा आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेर अघि बढाएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: