काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन् । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा भट्टराईले सामाकिज सञ्जालमार्फत सो कुरा बताएका हुन् ।
पृथ्वीनारायण इतिहासको आवस्यकता र आकस्मिकताका उपज भएाको डा भट्टराईको भनाइ छ । उनले भनेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्, कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो !’