लिङदेनको आक्रोश, ‘नेपाल नभएको भए शेरबहादुर कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’

  • 141
    Shares

पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्व बनाउन जनसंघर्ष गर्ने उद्घोष

काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल पनि नरहने उल्लेख गरेका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल नरहेपछि शेरबहादुर देउवा प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति बन्न नपाउने उल्लेख गरेका छन्।

 

annapurna post

 

पृथ्वी नारायणको जन्मदिनमा आज विदा नदिएकोमा सरकारप्रति आक्रोश व्यक्त गर्दै लिङदेनले सडकबाटै दबाब दिएर राष्ट्रिय पर्वको रुपमा मनाउन बाध्य बनाउने दाबी गरेका छन्।

 

‘सरकारका उपेक्षा, घृणा र अकमर्यताका बावजुत पनि हामी सबैभन्दा माथि देश छ। देशभन्दामाथि अर्को केहि छैन।’ उनले भने, ‘आज त्यो दिन हो। जसले हामीलाई नेपाल देश दियो, नेपाली नाम र पहिचान दियो। त्यो राष्ट्रनिर्माता, एकीकरणकर्ता, एकीकरण अभियानको नेताको सम्झनामा सबै जुटेका छौं।’

 

लिङदेनले पृथ्वीनारायणको जन्मजयन्ती राष्ट्रिय पर्व मनाउन लाज मान्नेहरुबाटै देश आज सञ्चालित भएको भन्दै आक्रोश व्यक्त गरे। उनले प्रश्न गरे, ‘देश कुन दिशामा गइरहेको छ, देश कसको हातमा, कसको नेतृत्वमा परिरहेको छ ?’ उनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्व बनाउन आजैबाट जनसंघर्ष, जनआन्दोलन, जनदबाबका काम आजबाटै लाग्ने उद्घोष गरे।

 

कार्यक्रममा हिन्दू राष्ट्र कायम गर, राप्रपा जिन्दावाद, श्री ५ बडामहाराज पृथ्वी नारायण शाह अमर रहुन् जस्ता नारा लगाएका थिए।

 

दिवसको अवसरमा राष्ट्रपतिदेखि पूर्वराजासम्मले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए। मंगलबार सिंहदरबार मूलगेटअगाडि पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले, पूर्व राजा ज्ञानेन्द्र शाह, राप्रपाका अध्यक्ष लिङ्देन, नेता कमल थापा लगायत राजनीतिक दलका नेता, विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधरणले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेका थिए।

पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले बेवास्ता गरेको छ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: