पृथ्वीनारायण शाहको कसम खाएर राजतन्त्रको एजेण्डासँगै राप्रपा छाड्दै कमल थापा !

  • 396
    Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत विगत केही समयदेखि कमल थापाले राजतन्त्रविरुद्ध आगो ओकलिरहेका छन् । अब भने एक्सनमा उत्रिने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक रुपमै फुटको संघारमा पुगेको छ।

पार्टी अध्यक्षमा अप्रत्यासित हार ब्यहोरेपछि पूर्वअध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति रुष्ट छन्। उनले आफनो हारका पछाडि पूर्वराजाको हात रहेको भन्दै अव राजसंस्था वाहेक हिन्दुराष्ट्रको एजेण्ड लिएर अघि वढ्ने औपचारिक रुपमा घोषणा पनि गरिसकेका छन् ।

उनको यो घोषणाले राप्रपामा राजसंस्थालाई लिएर दुई धार देखिएको छ। आज पृथ्वी जयन्तीको अवसरमा यो धार औपचारिक रुपमै सतहमा आउने देखिएको छ। राप्रपाकाले भृकुटी मण्डपमा कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस मनाउने भएको छ भने कमल थापाको टिमले वानेश्वरमा कार्यक्रम गर्ने जनाईएको छ।

स्रोतका अनुसार थापाले वानेश्वरबाट नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । पार्टीको नाम नै घोषणा नभएपनि राप्रपा फुटको औपचारिक विन्दु भने वानेश्वरलाई वनाउने थापाको तयारी छ। कमल थापासँग पुराना मण्डले, कुण्डलेलगायत सवै बानेश्वरमा देखिने छन्।

महाधिवेशनमा निर्वाचित उनी निकटका पदाधिकारी र सदस्यहरु भने अहिले लिङ्देनकै टिममा रहने छन् । लिङ्देनको टिममा कमल थापा पक्षकै वहुमत छ। उनीहरुले टिममै वसेर लिङ्देनलाई असहयोग गर्ने र अन्तिम अवस्थामा मात्रै थापा पक्षमा खुल्ने रणनीति वनेको स्रोत वताउँछ।

पार्टी अध्यक्षको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा समेत लागेर हराएको महसुस गरेपछि थापाले पार्टी खोलेर उनलाई ठिक लगाउने निस्कर्ष निकालेको बताईन्छ। थापा निकट नेताहरुका अनुसार अव राजा र राजसंस्था छोडेर अगाडि वढ्ने गरी नयाँ पार्टी खोल्ने निस्कर्षमा थापा पुगेका छन् । अध्यक्षमा पराजित भएपछि उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको अभिब्यक्तिले पनि उनी अव राजसंस्था नवोक्ने मनस्थितीमा पुगेको स्पष्ट हुन्छ।

‘मैले राहत र उन्मुक्ति पाएको छु’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए–‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।’

थापाले ढलिसकेको राजतन्त्रात्मक व्यवस्था पुनः फर्काउँछु र नेपाललाई हिन्दु राष्ट्र नै कायम गराउँछु भन्दै पछिल्लो १५ वर्षदेखि संघर्ष गरेका पनि हुन । २०६२÷२०६३ को जनआन्दोलन–२ को बलमा ढलेको राजसंस्था र पन्छाइएको हिन्दु राज्य फर्काउने थापाको एकसूत्रीय लक्ष्य थियो । तर, उनको विरासत ढालेर र पार्टीमा आफूभन्दा कैंयन वरिष्ठहरूलाई पछि पार्दै राजतन्त्रको हिमायतीको रूपमा लिङ्देनले आफूलाई उदय गराएपछि थापाले अप्ठ्यारो महसुस गरेका छन् ।

यद्यपी कमल थापा स्वयमले पनि पूर्वराजालाई धोका दिन भने वाँकी राखेका छैनन्। खासमा कमल थापा र पूर्वराजाका विचमा सुरु भएको खटपटी नयाँ भने होईन, यो समस्या ०७२ सालदेखि नै सुरु भएको हो । संविधान जारी हुँदैदेखि उनिहरुका विचमा खटपट छ।

स्रोतका अनुसार त्यसबेला ज्ञानेन्द्रले संविधान जारी गर्ने प्रक्रियामा सहभागी नहुन थापालाई आग्रह गरेका थिए। तर, उनले ज्ञानेन्द्रको कुरामा वास्ता नगरी संविधानको अन्तिम मस्यौदामा हस्ताक्षर गरे। यति मात्र होईन, हिन्दु राष्ट्र र राजसंस्था वाहेक प्र

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: