काठमाडौ। सुदूरपश्चिम प्रदेशकी तत्कालीन वनमन्त्री मायाँ भट्टले संघीय पुर्व वन तथा वातावरण मन्त्री प्रेम आले हाल पर्यटन तथा नागरिक उड्डयन मन्त्री, काठ तस्कर भएको आरोप लगाएकी छिन्।
प्राईम टेलिभिजनमा कुराकानी गर्दै भट्टले यस्तो आरोप लगाएकी हुन्। प्रेम आले तस्कर हुन्। तस्करी गरेरै उनले धनगढी र काठमाडौँमा घर बनाएका छन्,’ मन्त्री भट्टले भनिन्।
भट्टले आलेलाई असंवैधानिक किसिमले संघीय वनमन्त्री बनाईएको आरोप लगाउँदै भनिन्, ‘अहिलको व्यवस्था अनुसार उनी मन्त्री भएका होईनन्।’
केपी ओलीले सुदूरपश्चिममा हमला गर भनेर टिका लगाएर पठाएका हुन्। आले दलाल भएको बताउँदै भट्टले आलेमा कम्युनिष्ट हुने स्वभाव समेत नभएको आरोप लगाईन्।
यसअघि धनगढीमा आयोजित एक कार्यक्रममा आलेले काठ तस्करीमा प्रदेशका वनमन्त्री माया भट्टको समेत संग्लनता रहेको आरोप लगाएका थिए।
हेर्नुहोस यो भिडियो