अत्यावश्यक अवस्थामा स्मार्ट लाइसेन्स चाहिएमा ७ दिनअघि नै कसरी दिने त निवेदन हेर्नुहोस,

  • 25
    Shares

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा प्रिन्ट भएको स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिन अनुरोध गरेको छ । विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले आवेदन दिएको ७ दिनपछि मात्रै स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त गर्नका लागि दिएको निवेदन मितिबाट ७ (सात) दिन पछि मात्र प्रिन्ट प्राप्त गर्न सकिने भएकोले सोही व्यहोरा अवगत गर्नु भई निवेदन दिनु हुन

 

 

 

सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागले आफ्नो सूचनामा भनेको छ ।

 

 

 

अति जरुरी अवस्थामा सेवाग्राहीलाई आजको भोलि नै लाइसेन्स चाहिने हुन्छ । तर, विभागमा अत्यावश्यकको नाममा विगतदेखि नै आर्थिक चलखेल गरेर लाइसेन्स छिटो छपाएर दिलाउने गरिएकाले यस्तो सूचनालाई सेवाग्राहीले शंकास्पद रुपमा हेरेका छन् ।

 

 

 

गत पुस १३ गतेदेखि सरकारले रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको थियो ।

 

 

लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण २०७७ फागुनदेखि रोकेको थियो ।अब माघ मसान्तसम्म छाप्न बाँकी ४ लाख ५० हजार लाइसेन्सको छपाइ सकिने विभागको दावी छ ।

 

 

 

विभागले एक वर्षको लागि परीक्षणकालीन भन्दै ट्रायल पास भएकाहरुलाई ‘कागजी’ लाइसेन्स दिन थालिसकेको छ ।

यो पनि पढ्नुहोस..देउवासँग मदिरापानसहितको रात्रीभोज गराइदिनुपर्ने बतासको शर्त थियो र, गुरुङले उक्त शर्त तत्काल मञ्जुर गरिदिए ।

 

 

 

रातको खाना बतासकै होटलमा खाने गरी गुरुङले सन्ध्याकालीन ‘रमझम’को व्यवस्था गरिदिए । हो, यही ‘मदिरा-साँझ’बाट शुरु भएको बतास-देउवाको सहयात्रा अहिलेसम्म जारी छ र, निकै गहिरो ब्यापारिक साझेदारीसम्म पुगेको छ ।ऐतिहासिक नारायणहिटी राजदरबार परिसरभित्रै व्यापार-व्यवसाय सञ्चालन गर्ने ‘अनुमति पाएपछि’

 

 

 

रातारात विवाद र चर्चामा आएका आनन्दराज बताससँग प्रधानमन्त्री शेरबहादुर देउवाको नाता कसरी जोडियो भन्ने तथ्यको रोचक प्रसङ्ग घटना र विचारको जानकारीमा आएको छ । नेपाली काङ्ग्रेसको दशौँ महाधिवेशनका क्रममा भएको एउटा घटनाले देउवा र बतासलाई मदिराको टेबुलमा पुऱ्याएको र, त्यसपछि उनीहरूको सम्बन्ध प्रगाढ बनेको बुझिएको छ ।

 

 

 

आनन्द बतास तलबाट छोटो समयमै माथि उठेका ब्यापारी हुन् र, देउवाको परिवारसँग निकट भइसकेपछि उनले अन्य दलका कतिपय नेताहरूसँग पनि बलियो सम्बन्ध स्थापित गर्ने मौका पाएका थिए ।पछिल्लो दशकमा पुराना उद्यमी-व्यवसायीहरूको हैसियत उजाडिँदै गएको र,

 

 

 

तिनको स्थान राजनीतिक एवम् प्रशासनिक संरक्षणमा हुर्काइएका केही नयाँ अनुहारले लिन थालेको छ ।२०६३ को राजनीतिक परिवर्तनपश्चात चर्चित बनेका सतिसलाल आचार्य, दीपक भट्ट, दीपक कुँवर, अजयराज सुमार्गी, उपेन्द्र महतो, यती समूह (स्व. आङ्काजी शेर्पा),

 

 

 

विशाल पण्डित (ओम्नी), त्रिलोक अग्रवाल आदिको लहरमा अब आनन्दराज बतासको नाम पनि थपिएको छ । सानो व्यापार व्यवसाय सञ्चालन गरी छोटो समयमा अर्बपति बनेका बतासलाई सरकारी सम्पत्ति उपयोग गरेर कमाउने नसा लागेको उनका निकटवर्तीहरू बताउँछन् ।

भर्खरै

सम्बन्धित समाचार

error: