मेरो कुनै पाटी नेताहरु संग केही दुश्मन छैन, तर मलाई धेरै नेताले दुश्मन बनाए मैले कसैलाई नराम्रो द्रिष्टिकोण ले देखेको छैन : ज्ञानेन्द्र शाह

  • 392
    Shares

 

काठमाडौं। पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पूर्वराजा शाहले सिंहदरबार अगाडिको शालिकमा माल्यार्पणको निर्णय लिए ।

पूर्व राजा आउने भएपछि उनका समर्थकहरु ठूलो संख्यामा पहिल्यै पुगिसकेका थिए ।

शिव सेना नेपालका नेता कार्यकर्ता पनि पुगिसकेका थिए । त्यहाँ निकै ठूलो भीड थियो । यत्तिकैमा पूर्वराजा शाह चढेको कार सिंहदरबार नजिकै पुग्यो ।

पूर्वराजाका समर्थकहरु नारावाजी गर्न थाले । शाहले भने आफ्ना सुरक्षागार्डहरुलाई भीडमा नजाने भने । उनको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘मलाई भीडमा नलैजाऊ ।’

तर, सुरक्षागार्डहरुको केही लागेन । भीड पूर्वराजातर्फ अगाडि बढिहाल्यो । भीडलाई छिचोल्दै पूर्वराजाको कार बढ्यो । भीडले घेरेपछि उनी निस्किएका थिए । अगाडि बढेर माल्यार्पण गरे ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बनेको माहोलबारे पूर्वराजानिकटस्थहरुमा ठूलै चर्चा चलेको बुझिएको छ । यसबाट शाह पनि निकै प्रसन्न भएको विश्वस्त स्रोतले बताएको छ ।

 

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबारको पृथ्वी जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै नेपालीलाई स्वतन्त्र, सार्वभौम र गौरवशाली नेपालीको वैभव पृथ्वीनारायण शाहबाट प्राप्त भएको उल्लेख गरेका छन्।

 

पृथ्वीनारायण शाहको राष्ट्रभक्ति, साहस र नेपालीको आँट र आकांक्षाबाट नै नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको उल्लेख गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्व समेत सं’कटमा पारेको यस स्थितिमा एकताको महत्व र पृथ्वीनारायण शाहको योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुस गरेको पूर्वराजा शाहले उल्लेख गरेका छन्देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्: पूर्वराजा ज्ञानेन्द्र

राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला नेपालले असन्तुलनको परिणाम व्यहोरेको उल्लेख गर्दै पूर्वराजा शाहले भनेका छन्- ‘देश परायाहरुको खेल मैदान बनिसकेको ख’तराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।’

 

राष्ट्रको कीर्ति र जनताको सुखबाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उल्लेख गर्दै पूर्वराजा शाहले जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूुकै चयन गरे पनि राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुने उल्लेख गरेका छन्।

 

 

उनले भनेका छन्- प्रणाली केवल साधन हुन् । साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन्।

 

 

 

सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सा’स्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नु पर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय ब’रबाद गर्न नहुने निश्कर्षमा पुग्न विलम्व गरिनु हुँदै।

भर्खरै

सम्बन्धित समाचार

error: