नागको अन्डा देख्ने मान्छेको भाग्य चम्किन्छ। ओम लेखी सेयर गर्नुहोस्।

  • 202
    Shares

सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ ।

चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको हुन्छ । ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ ।

अग्निपुराणमा केहि सत्य तथ्य लेखेको पाइन्छ । ज्योतिष शास्त्रमा यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् । सपना देखेको समय तिथि मिति अनि देख्ने व्यक्तिको शारिरिक मानसिक अवस्थाले सपना पुरा हुने नहुने बताउन सकिन्छ

। बिरामी, मानसिक तनाब, शोकको अवस्था र दिनमा देखेको सपनाको कुनै अर्थ राख्दैन ।जन्मकुण्डलीको बिस्तृत अध्यन गरेर सपनाको फल बताउन सकिन्छ । रातिलाई चार प्रहरमा भाग गर्दा पहिलो प्रहरको सपनाको फल एक वर्ष, दोस्रो प्रहरको सपनाको फल आठ महिना, तेस्रो प्रहरको फल एक महिना र बिहान व्रह्ममूहुर्तको र सुर्योदयभन्दा पूर्वको सपनाको फल त्यहि दिन देखी दस दिनसम्म पुरा हुन सक्दछ

।शुक्लपक्ष षष्ठी, सप्तमी, अष्टमी र नवमी अनि कृष्ण पक्षको चतुर्दशीमा देखेको सपनाको फल छिटो प्राप्त हुन्छ । पूर्णीमामा देखेको सपनाको फल अवस्य प्राप्त हुन्छ। शुक्ल पक्षको द्वितीया, तृतीया अनि कृष्ण पक्षको अष्टमी र नवमीमा देखेको सपनाको फल उल्टो प्राप्त हुन्छ । शुक्ल पक्षको प्रतिपदा अनि कृष्ण पक्षको द्वितीया तिथिको फल ढिलो प्राप्त हुन्छ

भर्खरै

सम्बन्धित समाचार

error: